झापा, माघ २ । झापा गौरादह नगरपालिका वडा नं.८ ग्वालडुब्बास्थित प्रगति माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक डिल्लीराम अधिकारीलाई आज सामूहिक विदाई गरिएको छ ।

प्रगति माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष महाविर राजवंशीको अध्यक्षतामा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विशिष्ट अतिथि कोशी प्रदेशका सभामुख अमरवहादुर विष्ट, गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदी , अतिथिहरू गौरादह नगरपालिकाका उपमेयर जलवर्षा राजवंशी, गौरादह नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष गणेश राजवंशी, गौरादह नगरपालिका वडा नं.७ का वडा अध्यक्ष बलराम खरेल, प्रगति माध्यमिक विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी पाण्डेलगायतले विदाई गरेका हुन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस विद्यालयलाई भौतिक संरचना निर्माण र गुणस्तर शिक्षाका लागि आवश्यक पर्ने शैक्षिक सामग्रीहरू सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले निवर्तमान प्रअ डिल्लीराम अधिकारीलाई लामो समयसम्म शिक्षा क्षेत्रमा आफ्नो जीवन खर्चेकोमा धन्यवाद दिँदै आगामी दिनमा सुस्वास्थ्य , दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । कार्यक्रममा विद्यार्थी र अभिभावकहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्