झापा,माघ १० । दिन प्रतिदिन जलवायु परिर्वतनका कारण हिमताल, हिमनदीका साथै हिमालको अस्तित्व सङ्कटमा पर्दै जान थालेपछि सिरिजङ्घा गाउँपालिका हिमाल जोगाउने अभियानमा जुटेको छ । कञ्चनजङ्घा आधार शिविरमा पर्यटन महोत्सवमार्फत सरोकार भएका निकायबीच जलवायु परिवर्तनले पु¥याएको असर र न्यूनीकरण गर्ने सम्बन्धमा छलफल गरी हिमाल जोगाउने अभियान सञ्चालन गरिने पालिकाले जनाएको हो ।
सिरिजङ्घा गाउँपालिकाका प्रवक्ता बमप्रसाद गौतमका अनुसार महोत्सवमा सरोकार भएका निकायका प्रतिनिधिसँग हिमताल, हिमनदी र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावका विषयमा अध्ययन, अवलोकन गरी अनुसन्धानमार्फत समस्या समाधानका विषयमा छलफल हुनेछ ।
गाउँपालिकाको आयोजनामा पछिल्लो समयमा जलवायु परिवर्तका कारणले हिमाली क्षेत्रको प्रभावका विषयमा अध्ययन, अवलोकन गर्नुका साथै महोत्सवमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको उनले जानकारी दिए । कञ्चनजङ्घा विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल हो ।
कञ्चनजङ्घा हिमाल हेर्न आउनेका लागि गाउँपालिकाले सङ्घीय र स्थानीय सरकारको साझेदारीमा साहसिक पदमार्ग निर्माणमार्फत यात्रा सहज र रमणीय बनाउने काम गरिरहेको प्रवक्ता गौतमले बताए । उनका अनुसार आगामी वैशाखमा आयोजना हुने महोत्सवमा निर्माणाधीन साहसिक पदमार्गको प्रचारप्रसार गर्ने, पर्यटन प्रवद्र्धनका साथै स्थानीय कला, संस्कृति र परम्परालाई चिनाउने उद्देश्य राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्