झापा, माघ ११ । गोरुको मासुसहित इलाम चुलाचुलीका एकजना पक्राउ परेका छन् ।

आज बिहान ११ः३० बजे चुलाचुली. २ निगरे होली बगर छेउमा गोरु काटेको भन्ने सुराकीको आधारमा प्रहरी चौकी पेल्टिमारीबाट गएको प्रहरी टोलीले सोही ठाउँ बस्ने सिंगे तामाङको बाँसघारीमा गाई÷गोरुको छाला जस्तो देखिने छाला, मासु, पुच्छर गरी अन्दाजी १५ केजी मासु, मासु काट्न प्रयोग भएको बाम्फोक थान–२, बन्चरो थान–१, जालीका झोलाहरु थान–३, प्लाष्टिकको बोरा थान– २ फेला पारेको थियो ।

साथै सोही ठाउँ बस्ने २६ वर्षीय निमा तामाङलाई घटनास्थलबाटै नियन्त्रणमा लिई प्रहरी चौकी पेल्टिमारीमा राखिएको इलाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्