झापा, माघ ११ । इलाका प्रहरी कार्यालय धरान सुनसरीमा कार्यरत एक प्रहरी महिला कर्मचारीले आत्महत्या गरेकी छन् ।

धरान १३ फुस्रे बस्ने कोशी प्रदेश प्रहरी विद्यालय धरान सुनसरी दरबन्दी भई इलाका प्रहरी कार्यालय धरानमा कार्यरत २८ वर्षीया प्रहरी कार्यालय सहयोगी बिना भट्टराईले आज दिउँसो २.३० बजे विष सेवन गरी आत्महत्या गरेकी हुन् । आफ्नै घरमा मुसा मार्ने विषादी सेवन गरेकी भट्टराईलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनका श्रीमान आसारा सुधार केन्द्र पानबारी धरानमा कार्यरत प्रहरी सहायक हवल्दार गोबिन्द कार्की हुन् । भट्टराईले आत्महत्या गर्नुपर्ने कारण खुलिसकेको छैन । पोस्टमार्टमको लागि थप कानुनी प्रकृया भइरहेको धरान प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्