प्रतिदिन दैनिकले आजबाट स्थापना दिवसको १६ औं बसन्त पार गरी १७ औं बसन्तमा प्रवेश गरेको छ । सर्वप्रथम त प्रतिदिन दैनिकलाई आफ्नो स्थापना दिवसको शुभकामना ब्यक्त गर्न चाहन्छु –हार्दिक हार्दिक बधाई । सम्पूर्ण पाठकहरूलाई नयाँ नयाँ सूचना र सत्य तथ्य सबैको माझ ल्याउन सफल, जनमानसलाई जागरुक बनाउन क्रियाशील रहँदै प्रतिदिन दैनिक आउँदा दिनहरुमा पनि अझ उच्च शिखरतिर लम्किन सफल रहोस् ।

प्रतिदिन दैनिक अब एक युवा अवस्थामा प्रवेश गरिसकेको छ ।शुरुका दिनहरुदेखि नै प्रतिदिन दैनिकले सम्पूर्ण पाठकहरुको मन जित्दै आएको छ । नव सञ्चार गृह प्रालिद्वारा प्रकाशित हुने यो दैनिक पत्रिका सम्पूर्ण पाठक वर्गको मनमा बस्न सफल भैसकेको छ । प्रतिदिन दैनिक एउटा यस्तो पत्रिका हो, जुन कुनै राजनीतिक पार्टीप्रति वफादार बन्न चाहेन । सत्य तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्दै आइरहेको छ,जो सत्य हो त्यही मात्र सम्प्रेषण गर्दै आएको छ । अझ सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याएका ब्यक्तित्वहरुप्रति सँधै निष्ठावान रहँदै आएको छ । प्रतिदिन दैनिकलाई यो स्थानमा पुर्याउन अहोरात्र खटिनुहुने इन्द्रसिंह राजवंशी र उहाँको सम्पूर्ण टिमको दिल खोलेर प्रशंसा गर्नैपर्ने हुन्छ । साथै ब्यवस्थापन टिमलाई पनि सम्झनै पर्छ । जसको ब्यवस्थापनमा प्रतिदिन दैनिक दिन प्रतिदिन उच्च शिखरतर्फ लम्किरहेको छ ।

पत्रकारिता पेशालाई राम्रो तरिकाले बुझ्नु भएका र पत्रकारितालाई नै आफ्नो जीवनको महत्वपूर्ण पाटो बनाई अहोरात्र सञ्चार कर्ममा रहनु भएका सम्पादक इन्द्रसिंह राजवंशीको क्षमताले गर्दा पनि यो दैनिक सर्वप्रिय बनेको छ । म शुरु बर्षहरुदेखि नै यो प्रतिदिन दैनिकको नियमित पाठक रहँदै आएको छु,बेलाबखत केही सुझावहरु पनि दिँदै आएको छु । यहि पत्रिका र सम्पादक इन्द्रसिंह राजवंशीको प्रेरणाले आजभोलि केही लेखहरु पनि लेख्न थालेको छु ।

मलाई लाग्छ, अबका दिनहरुमा यो प्रतिदिनले अझ बढी पाठकको मनमा बस्न सफल रहने छ । आजभोलि म प्रतिदिन दैनिकको साथी पनि भएको छु ।बिहान हुनेबित्तिकै कतिखेर यो पत्रिका पढ्न पाइन्छ भन्ने ब्यग्र प्रतीक्षामा रहन्छु ।सायद यसले मेरो मन जितिसकेर होला ।मेरो मात्र हैन सम्पूर्ण पाठकहरुलाई पनि यस्तै यस्तै हुन्छ होला ।हुन त अहिलेको सामाजिक सञ्जालको दुनियाँमा एउटा पत्रिका प्रकाशन गर्न अनेकौ कठिनाईहरु छन् तर ती कठिनाईहरुको वाबजुद आफ्ना पाठकहरुको निम्ति सदैव अग्रसर रहेको छ प्रतिदिन दैनिक ।

मोफसलमा रहेर पत्रिका निकाल्नु र पत्रकारिता गर्नु फलामको चिउरा चपाउनु सरह थियो केही बर्ष अघिसम्म तर अहिले यो पत्रकारिता अलिक सहज बनेको छ,अहिले यो अनलाईनको जमानामा यसरी निरन्तररुपमा पत्रिका प्रकाशन गर्न सकेकोमा प्रतिदिन दैनिक टिमलाई पुनः धन्यबाद दिनै पर्छ र निरन्तर रुपमा १६ बर्ष पूरा गरेर १७ बर्षमा प्रवेश गरेकोमा पुनः शुभकामना ब्यक्त गर्न चाहन्छु ।आगामी दिन अझ सशक्त बन्न सकोस् । प्रतिदिन दैनिक सम्पादकीय टिमलगायत सम्पूर्ण ब्यवस्थापकीय टिमलाई पनि शुभकामना दिन चाहन्छु । जय प्रतिदिन !

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्