
झापा, माघ १८ । सरकारले भक्तपुर जिल्लामा बाल अदालत गठन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।
सञ्चारमन्त्री गुरुङका अनुसार बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३० बमोजिम काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्ला अदालतको बाल इजलासबाट हेरिने मुद्दाको प्रादेशिक क्षेत्राधिकार रहने गरी भक्तपुरमा बाल अदालत गठन गर्ने निर्णय भएको छ ।
उक्त बाल अदालत २०८२ साल वैशाख २ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको उनको भनाइ छ ।