झापा, माघ १९ । पाँचथरको फालेलुङ –४ महभिरमा रहेको डेरी उद्योगमा आगलागी भएको छ ।

आज दिउँसो १ः३० बजे मोहन थाम्सुहाङले संचालन गरेको डेरी उद्योगमा दुध तताउन अगेनोमा बालेको आगोबाट अचानक आगलागी भएको हो । आगलागीबाट चित्रा, काठ र खरको छानो भएको डेरी उद्योग र उद्योगमा रहेको ३०० केजी छुर्पी, १०० के.जी घ्यू, दुध पेल्ने मेसिन तथा छुर्पी बनाउन प्रयोग हुने उपकरण जलेर नष्ट भएको छ । आगो स्थानीयको सहयोगमा ३ः१५ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षति यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

त्यस्तै गएराति सुनसरीको कोशी गाउँपालिकामा विद्युत सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । राति १०.४५ बजे कोशी गाउँपालिका ४ बस्ने ५५ वर्षीय नसिर मन्सुरीको तल पक्की र माथि टिनको छानो भएको घरमा बिद्युत लाईन सर्ट अचानक आगलागी भएको हो । आगलागीबाट घर, लत्ताकपडा र खाद्यान्नसहित करिब ४ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्