झापा, माघ १९ । चन्द्रगढी– चारआली सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी नायव निरीक्षक(सई) घाइते भएका छन् ।

हिजो साँझ ६ः५५ बजे भद्रपुर नगरपालिका वडा नम्बर ९ पुहाँतुबारीस्थित चन्द्रगढी –चारआली सडकखण्डमा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्रदेश १–०२–०४० प ६०२२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक मोरङ सुनबर्षी नगरपालिका वडा नम्बर १ घर र इलाका प्रहरी कार्यालय शिवगञ्जमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरीक्षक होमप्रसाद खनाल घाइते भएका हुन् ।

उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको थियो । आज साँझ ५ः३० बजे उनी डिस्चार्ज भई श्रीमतीका साथमा घरतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्