झापा, माघ २६ । मोरङका दिपक बराइलीले गायिका एलिना चौहानलगायत धेरैलाई ठगी गरेको तथ्य खुलेको छ ।

मोरङ घर भएका र हाल युएईमा रहेका दिपक बराइलीले आफूलगायत धेरैलाई ठगी गरेको आरोप गायिका एलिना चौहानको रहेको छ । दिपकले एउटा कार्यक्रममा एलिनालाई बोलाएर आफ्नो पारिश्रमिक नदिएको ,उल्टै धाक, धम्की र टचर दिने गरेको भन्दै एलिनाले आफ्नो पेजमा भिडियोमार्फत गुनासो गरेकी छन् ।
दिपकले एलिनालगायत धेरैलाई युरोप पठाइदिने भन्दै लाखौ रकम असुलेको यस भिडियोमा स्वयम् पीडितहरुले जानकारी दिएका छन् ।
– प्रकाशचन्द्र दाहाल