झापा, माघ २७ । गायिका एलिना चौहानलाई ज्यान लिने धम्की आएको छ ।

मोरङ घर भई हाल युएईमा रहँदै आएका दिपक बराइलीले आफूलगायत धेरैलाई ठगी गरेको एलिनाले आफ्नो पेजमा भिडियोमार्फत सार्वजनिक गरेपछि बराइलीले ज्यान लिने धम्की दिएका हुन् ।

यस कुराले गायिका एलिना एकदमै चिन्तित बनेकी छन् । दिनहुँजसो बराइलीबाट धाक, धम्की आइरहेका कारण भोलिका दिनमा आफ्नो ज्यानमा तलमाथि हुने खतरा बढेको एलिना बताउँछिन् । एलिनाले अर्को भिडियोमार्फत आफू असुरक्षित रहेको बताएकी हुन् ।

यसअघि बराइलीले एउटा कार्यक्रममा आफूलाई बोलाएर आफ्नो पारिश्रमिक नदिएको ,उल्टै धाक, धम्की र टचर दिने गरेको भन्दै एलिनाले आफ्नो पेजमा भिडियोमार्फत गुनासो गरेकी थिइन् ।
– प्रकाशचन्द्र दाहाल

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्