झापा, माघ २८ । गीतकार सत्यनारायण तायलको शव्द तथा निर्माणमा नेपाली लोक मारुनी गीतको म्युजिक भिडियो बिमोचन भई ओएसआर डिजिटल युट्युब च्यानलबाट रिलिज भएको छ।

रेडियो नेपालकी गायिका पबित्रा ओलीको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न कार्यक्रममा बरिष्ठ साहित्यकार तथा गीतकार केशव आचार्यबाट गीतको बिमोचन भएको हो ।मारवाडी भाषामा गीत, कबिता लेखेर पछिल्लो समय चर्चा बटुल्दै आएका गीतकार तायलको यो पहिलो नेपाली लोक मारुनी गीत हो । उनका दर्जनौ गीतहरु रेकर्डिङ भई स्रोता र दर्शकमाझ आइसकेका छन् ।

गायक निरज पोखरेल र गायिका मेलिना राईको स्वरमा रहेको गीतको सङ्गीत गायक पोखरेलकै रहेको छ। कार्यक्रममा यसै गीतमा प्रमुख अभिनय गर्ने माही शर्माको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा गीतकारको तर्फबाट सत्यनारायण तायलले बिमोचन भएको गीतको बारेमा चर्चा गरेका थिए । गायिका पबित्रा ओली र यसै गीतका गायक निरज पोखरेलले गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा बरिष्ठ साहित्यकार टंक बिकल्प ,माधब पौडेल, ओमप्रकाश भट्टराई , गायक उमेश पाण्डे प्रदीप महत्तो,निमेष शिवाकोटीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम गीतकार तथा साहित्यकार लबकुश गौतमले संचालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्