झापा, माघ ३० । धनकुटाका एक युवकले अर्काको घरमा गएर छुरा प्रहार गरी आत्महत्या प्रयास गरेका छन् ।

धनकुटा चौबिसे–३ बन्दुकेडाँडा बस्ने २८ वर्षीय दलबहादुर भनिने अजय लिम्बूले वडा नं २ औसेलु बस्ने दिवस याख्खाको घरमा गई आफैलाई छुरा हानेर आत्महत्या प्रयास गरेका हुन् । हिजो साँझ ७.३० बजे याख्खाको घरमा आएका लिम्बूले घरभित्र राखेको छुरा निकाली आफ्नै छातीको बिभिन्न भागमा प्रहार गरेका थिए ।

घाइतेलाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ । उनको अबस्था गम्भीर रहेको छ । इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्