झापा, फागुन ४ । इलाम टेक्निकल इन्स्टिच्युटमा तोडफोड भएको छ ।


इलाम नगरपालिका –६ खरेल डाँडास्थित रामेश्वर नारायण झाले संचालन गरेको इलाम टेक्निकल इन्स्टिच्युटको ताला चाबी फुटाएर भित्र रहेको कम्प्युटर लगायतका बिभिन्न जिन्सी सामानहरु तोडफोड भएको हो ।

आज बिहान ७ः५० बजे इन्स्टिच्युट खोल्ने क्रममा संचालक आफैले देखेर प्रहरीलाई खबर गरेका थिए । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली खटिएर अनुसन्धान तथा पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्