झापा, फागुन ४ । जिल्ला प्रहरी कार्यालय झापाका एकजना प्रहरी अधिकारीले झुन्डिएर आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक धनराज खतिवडाले कार्यालयको छतमाथि झुन्डिएर आत्महत्या गरेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले पुष्टि गरेका छन् । जिल्ला प्रहरी कार्यालयको तीनतले प्रहरी ब्यारेकको माथिल्लो तलामा रहेको पानीकोटंकीमा जाने फलामको भर्याङमा उनले आत्महत्या गरेको प्रहरी निरीक्षक चौहानले जानकारी दिए ।
भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं.४ घर भई हाल मोरङ कानेपोखरी गाउँपालिका वडा नं.७ बस्ने ४९ वर्षीय खतिवडाले नाइलनको डोरीको पासो लगाएका हुन् ।उनका आफन्तहरुलाई जानकारी गराई कानुनी प्रकृयाको लागि तयारी भइरहेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको चौहानले जानकारी दिएका छन् ।