झापा, फागुन ४ । नेपाल शिक्षक संघ अन्तर्गतको महिला विभाग झापाद्वारा नेतृत्व विकास प्रशिक्षण सम्पन्न भएको छ ।

चारआलीको त्रिदेव क्याम्पसको सभाहलमा सो प्रशिक्षण आयोजना गरिएको थियो । नेपाल शिक्षक संघ झापाका महिला उपाध्यक्ष एवं महिला विभाग संयोजक धनकुमारी खरेल ( लता )को अध्यक्षतामा भएको कार्यक्रममा
नेपाल शिक्षक संघ केन्द्रीय अर्थ महासचिव निर्मला कोइरालाको प्रमुख आतिथ्य रहेको थियो ।

त्यस्तै विशेष अतिथिमा नेपाल शिक्षक संघ कोशी अध्यक्ष तेजप्रसाद चम्लागाँई र नेपाल शिक्षक संघ कोशी महिला उपाध्यक्ष रामकुमारी भण्डारी रहेका थिए । त्यस्तै शिक्षक महासंघ झापा अध्यक्ष नेत्रप्रसाद खरेल ,नेपाल शिक्षक संघ झापा अध्यक्ष तोया दाहाल ,शिक्षक संघीय प्रतिनिधि चित्रकला ओली र कृष्णमाया रिजाल,कोशी प्रदेश सदस्यहरू भूमादेवी आङ्दम्बे , लिला भण्डारी, भरत भट्टराई ,प्रदेश प्रतिनिधिहरु मेनका शर्मा दाहाल र फुलेरा खातुनलगायतको आतिथ्य रहेको कार्यक्रममा जिल्ला कार्यसमिति पदाधिकारीहरू , महिला विभागका सदस्यहरू लगायत पन्ध्रै वटा पालिकाबाट महिला उपाध्यक्षसहित महिला शिक्षक नेतृत्वहरूको सहभागिता रहेको थियो । कार्यक्रममा करीव ७० जना महिला शिक्षकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल शिक्षक संघ कोशी अध्यक्ष तेजप्रसाद चम्लागाँई ,नेपाल शिक्षक संघ कोशी महिला उपाध्यक्ष रामकुमारी भण्डारी ,नेपाल शिक्षक महासंघ झापा अध्यक्ष नेत्र खरेल ,नेपाल शिक्षक संघ झापा अध्यक्ष तोया दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि नेपाल शिक्षक संघ केन्द्रीय अर्थ महासचिव निर्मला कोइराला र कार्यक्रमकी अध्यक्ष लता खरेलले प्रशिक्षण दिएका थिए । महिला विभागका सदस्य एवम् नेपाल शिक्षक संघ भद्रपुर अध्यक्ष मञ्जु दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महिला विभाग सदस्य एवम् झापाका सह कोषाध्यक्ष तुलसा खरेलले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्