झापा, फागुन ४ । झापाको कनकाईमा करेन्ट लागेर एक विद्युत कर्मचारी गंभीर घाइते भएका छन् ।

आज दिउँसो ३.५५ बजे कनकाई ९ मा विद्युत ट्रान्सफर्मरको सकेट फेर्नेक्रममा करेन्ट लागेर विद्युत कर्मचारी ५० वर्षीय पशुपति लम्साल घाइते भएका हुन् ।
विद्युत प्राधिकरण वितरण शाखा लक्ष्मीपुरमा कार्यरत कनकाई ८ बस्ने लम्साललाई उपचारका लागि बिर्तासिटी अस्पताल भर्ना गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।