झापा, फागुन ५ । झापाको शिवसताक्षी– ६ स्थित गौरीशंकर प्राथमिक विद्यालयमा कार्यरत शिक्षक सीता उप्रेती काफ्लेको गएराति निधन भएको छ ।

शिवसताक्षी– ६ जनआदर्श माध्यमिक विद्यालयका शिक्षक टिकाराम काफ्लेकी श्रीमती काफ्लेको ५२ वर्षको उमेरमा पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडमा राति ११.४० बजे निधन भएको हो । उनी फोक्सोको क्यान्सरबाट पीडित थिइन् ।

उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिनका लागि शिवसताक्षी नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा आज शोक विदा दिइएको छ । उनको बिहान १०ः३० बजे स्थानीय कन्काई नदी शिवगञ्ज पुरानो बजारमा अन्त्येष्टि गरिने जनाइएको छ । उनको श्रीमान, एक छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्