झापा, फागुन ७ । झापा जिल्लाको ट्राफिक व्यवस्थापनमा अभियान नै संचालन गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी बरिष्ठ नायव निरीक्षक अर्जुनप्रसाद सोडारी सरुवा भएर चितवन जाँदै छन् ।

केही महिनाअघि नै सरुवा भएपनि उनी आज विदाई भएर जान लागेका हुन् । उनी विगत १८ महिनादेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा कार्यरत रहेका थिए । विदाई भएर जान लागेका प्रहरी बरिष्ठ नायव निरीक्षक सोडारीले भविष्यमा समेत झापामा फर्किएर बिगतका दिनजस्तै व्यवसायिक सहकार्य र समन्वयको अपेक्षा गरेका छन् ।

उनले सामाजिक संजालका लेखेका छन्,‘ नमस्कार, म ट्राफिक प्रहरी बरिष्ठ नायव निरीक्षक अर्जुन प्रसाद सोडारी, बिगत १८ (अठार) महिना देखि जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड झापामा कार्यरत रहँदा यहाँले गर्नु भएको व्यावसायिक सहयोग र समन्वयप्रति कृतज्ञ छु, आज मिति २०८१।११।०७ गतेका दिनबाट म औपचारिक रुपले बिदाई भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन जाँदैछु, चितवन या आसपास यहाँको आवागमन हुँदा निश्चय नै भेटघाट हुने अवसर प्राप्त हुनेछ भन्ने आशा राख्दै भविष्यमा समेत यहाँसंग बिगतका दिनजस्तै व्यावसायिक सहकार्य र समन्वयको अपेक्षा गर्दै बिदाई हुन चाहन्छु । धन्यवाद, जय नेपाल !’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्