झापा, फागुन ७ । वीरता लेडी जेसीज बिर्तामोडले झापा कारागारका महिला बन्दीहरुलाई सहयोग गरेको छ ।

प्रजातन्त्र दिवसको अवसर पारेर लेडी जेसीजले कारागारका महिला बन्दीहरुको आवश्यकतालाई महसुस गरी म्युजिक सिस्टम उपलब्ध गराएको हो ।

वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यको अध्यक्षता तथा कारागार प्रमुख रेवन्त भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कारागारका प्रहरी नायव निरीक्षक रवि राई, आन्तरिक मामिला प्रमुख रीता राई, वीरता लेडी जेसीजका संस्थापक अध्यक्ष , पूर्व अध्यक्षहरु , कार्यसमिति सदस्यहरुलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कारागार प्रमुख भट्टराई , आन्तरिक मामिला प्रमुख रीता राई ,वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा ढकाल रिजाल, पूर्व अध्यक्ष कंचना ढकाल सिटौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अस्मिता राईले मिसन भिजन र तारा बस्नेतले आस्था वाचन गरेको कार्यक्रममा कार्यक्रम संयोजक लेडी जेसीजकी कार्यकारिणी उपाध्यक्ष चन्द्रकला रिजाल भट्टराईले गरेकी थिइन् । कार्यक्रमको संचालन महासचिव प्रभा रायमाझीले गरेकी थिइन् ।

कार्यक्रममा अनु शाक्यको आर्थिक सहयोग रहेको थियो । आगामी दिनमा महिला बन्दीहरुको आबश्यकतालाई हेरेर थप सहयोग गर्ने योजना रहेको अध्यक्ष शाक्यले जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्