झापा, फागुन १० । अबैध अमेरिकी डलरसहित बिराटनगर विमानस्थलमा एकजना पक्राउ परेका छन् ।

गएराति ८ः२५ बजे बिराटनगर विमानस्थलको कम्पाउण्डभित्र यती एयरद्वारा बिराटनगरबाट काठमाण्डौ जान आएका सुनसरी भोक्राहा नर्सिङ –५ ठेगाना भएका ३४ वर्षीय नौसाद अन्सारीलाई अबैध अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेको हो ।
चेकजाँच गर्दा उनले लगाएको कोटको भित्री गोजीमा अमेरीकी डलर १ सय दरका ८१ थान नोट फेला परेको हो । उनलाई उक्त रकमसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।