झापा, फागुन १० ।मोरङको उर्लाबारीमा ७ मा ट्रयाक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ६ प ६०७९ नम्बरको मोटरसाइकलमा पछाडि सवार झापा कमल गाउँपालिका वडा नम्बर ३ का ६५ वर्षीय तारानारायण श्रेष्ठको मृत्यु भएको हो।
पूर्वपश्चिम राजमार्गअन्तर्गत उर्लाबारीको अरनिको अस्पतालनजिक को १ त ६७८८ नम्बरको ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको स्थानीय अरनिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राकेश यादवले बताए ।
प्रहरी निरीक्षक यादवका अनुसार मोटरसाइकल चालक सामान्य घाइते भएका थिए । उपचारपछि उनी घर फर्किएका छन्।