झापा, फागुन ११ । झापामा लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् ।

बिर्तामोडबाट चारजना र दमकबाट एकजना पक्राउ परेका हुन् । बिर्तामोड नगरपालिका–५ बाट ३१ बर्षीय मोहमद कलिम, २४ बर्षीय मोहमद अली, बिर्तामोड–४ का ३८ बर्षीय गोपाल क्षेत्री, बिर्तामोड–३ का २९ बर्षीय सुदिप विश्वकर्मालाई ४५० ग्राम गाँजासहित अस्थायी प्रहरी पोष्ट बसपार्कले पक्राउ गरेको हो ।

त्यस्तै कमल गाउँपालिका–४ का १८ बर्षीय प्रितम चम्लागाँईलाई प्रतिबन्धित औषधी ९२ चक्कीसहित दमक–६ बाट इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

कोशी प्रदेशको बिभिन्न स्थानहरुबाट लागूऔषधसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको हो । मोरङको बेलबारी नगरपालिका–८ मा लागूऔषध बिक्री बितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी बाहुनीगराबाट खटिएको प्रहरी टोलीले बेलबारी–८ का २९ बर्षीय श्याम पुकार साह र नवलपरासी घर भई हाल सोही स्थानमा बस्दै आएका २२ बर्षीय संगम महत्तोको साथबाट ७०० मिलिग्राम ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय रानी मोरङले बिराटनगर महानगरपालिका–१५ बाट प्रतिबन्धित औषधी १८० एम्पुलसहित खोटाङ लिच्किराम्चे गाउँपालिका–९ का २४ बर्षीय भविराज राईलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै वडा प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरान–१५ बाट स्थानीय २३ बर्षीय मन्दिप राई, २५ बर्षीय सन्दिप राई र २२ बर्षीय करण थापालाई ट्रामाडोल ७८५ ट्याब्लेट, स्पास्पेन ८३५ चक्कीसहित पक्राउ गरेको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय जलजले उदयपुरले त्रियुगा नगरपालिका–११ का २९ बर्षीय आनन्ददेव चौधरीलाई २७ एम्पुल औषधीसहित त्रियुगा–६ बाट पक्राउ गरेको छ । लागूऔषधसहित पक्राउ परेका उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्