झापा, फागुन ११ । झापाको बुद्धशान्तिमा करेन्ट लगाएर माछा मार्दा एकजनाको मृत्यु भएको छ ।

गएराति १० बजे बुद्धशान्ति गाउँपालिका वडा नं.१ नमुना बस्तीमा रहेको दामा खोलामा करेन्ट लगाएर माछा मार्दा हल्दिबारी गाउँपालिका वडा नं.३ घर भएका अन्दाजी २० वर्षका सुशिल लिम्बूको मृत्यु भएको हो । बुद्धशान्ति गाउँपालिका वडा नं.१ दामा खोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका कामदार लिम्बूले आफू बस्ने छाप्राबाट बिजुलीको तार जोडी माछा मार्ने क्रममा अचानक करेन्ट लागेको थियो ।
घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा राति १०ः५० बजे मृत्यु भएको हो । सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।