भद्रपुर, फागुन ११ । चेतना नेपालले होटल व्यवस्था तथा मदिरा ऐन सूर्ति नियमन नियन्त्रण ऐन तथा निर्देशिकालाई कार्यान्वयन गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ ।

चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओलीको नेतृत्व टोलीले जिल्लास्थित सम्बन्धित कार्यालयलाई लागूऔषध दुव्र्यसन न्यूनीकरण गर्न अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाललाई बुझाइएको ज्ञापनपत्रमा लागूऔषध दुव्र्यसनको सुरुवाती चरण सूर्तिजन्य पदार्थ, मदिराजन्य पदार्थ नै भएको हँुदा यी पदार्थहरु नियम अनुसार नियन्त्रण गर्न प्रहरी प्रशासनलगायत सम्बन्धित निकायलाई कानून कार्यान्वयन गर्ने वातावरण निर्माण गर्न माग गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नेपालले ज्ञापनपत्र बुझ्दै सबै प्रहरी युनिट र जिल्ला स्तरका सम्बन्धित कार्यालयलाई पत्राचार गरेर कानून कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जाहेर गरेका थिए ।
चेतना नेपालले यसअघि विभिन्न संघ सस्थाको समन्वयमा झापामा ७२ वटा विद्यालयमा चेतनामुलक शैक्षिक सामग्री वितरण गरेको थियो । त्यस्तै सदरमुकाम र झापाका मुख्य मुख्य सहर बजारमा कानून नियम संहिता अंकित सूचना टाँस गरिएको चेतना नेपालकी प्रशिक्षक कल्पना भट्टराईले जानकारी दिइन् ।