झापा, फागुन १५ ।इलामको एक टायर टायर रिसोलिङ सेन्टरमा आगलागी भएको छ ।

आज बिहानको राति १ः१५ बजे इलाम नगरपालिका –९ माईखोला बस्ने गोपाल पाठकले आफ्नो टिनको छानो, ढुङ्गा र सिमेन्टले बनेको पक्की वाल भएको एकतले घरभित्र संचालन गरेको भगवती माता टायर रिसोलिङ सेन्टरमा विद्युत लाइन सर्ट भई अचानक आगलागी भएको हो ।

आगलागीबाट घर र टायर रिसोलिङ गर्ने मेसिनमा आंशिक क्षति भएको छ । प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्