झापा, फागुन १७ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ गिरीबन्धु टि–इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालक गंभीर घाइते भएका छन् ।

आज दिउँसो १२ः४५ बजे धुलाबारीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १२ प ९४ नं. को मोटरसाइकलले राजमार्गबाट दक्षिण स्यालडाँगीतर्फ मोडिदै गरेको प्र १–०१–००१ क ११६७ नं टिपरलाई गलत साइडबाट ओभरटेक गर्ने क्रममा टिपरले मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड १ बस्ने ५० वर्षीय चन्द्रप्रकाश भण्डारी गंभीर घाइते भएका हुन् ।
बायाँ खुट्टामा गम्भीर चोट लागेर उनको बीएण्डसी अस्पताल बिर्तामोड उपचार भइरहेको छ । दुबै सवारीसाधन र टिपर चालक बिर्तामोड ४ बस्ने ३५ वर्षीय रमेश श्रेष्ठलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।