बिर्तामोड । ‘फेरि रेशम फिलिली’ चलचित्र विश्वभरिका हलहरुमा एकैसाथ प्रदर्शनमा आएको छ ।

जुन चलचित्र २०७२ सालमा प्रदर्शन भएको ‘रेशम फिलिली’ को दोस्रो श्रृंखला हो। यो चलचित्र १४ फागुन २०८१ (२६ फेब्रुअरी २०२५) मा महाशिवरात्रीको अवसरमा प्रदर्शनमा आएसँगै हलहरुमा एकदमै भीड देखिन थालेको छ ।

यस चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी आदि कलाकारहरूको मुख्य अभिनय रहेको छ ।चलचित्रको निर्देशन निरोज महर्जनले गरेका हुन् भने निर्माण रौनक विक्रम कँडेलले गरेका छन्।

‘फेरि रेशम फिलिली’ मा विदेश जाने युवाहरूको मोह र त्यसले निम्त्याउने समस्याहरूलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ। चलचित्रको कथा मनोरञ्जनात्मक भएपनि यसले गम्भीर सामाजिक विषयवस्तु उठान गरेको छ।
–प्रकाशचन्द दाहाल

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्