झापा, फागुन २१ । इलाम माईजोगमाई गाउँपालिका–४ घुमाउने बस्ने ६५ वर्षीय रामचन्द्र विश्वकर्मा मृत फेला परेका छन् ।

आज बिहान १ः१५ बजे स्थानीय लोकबहादुर राईको घरको सिकुवामा रहेको काठको खाटमा सुतेको अवस्थामा उनी मृत फेला परेका हुन् । मादक पदार्थ सेवन गर्ने गरेका विश्वकर्मा हराउने अनि छिमेकको घरमा सुत्ने गरेका थिए । थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली घटनास्थल जाँदै गरेको जनाइएको छ ।

त्यस्तै इलामको चेप्टीमा विवाद हुँदा एकजना घाइते भएका छन् । गएराति ९ बजे चुलाचुली– ५ चपेटीस्थित झोलङ्गे पुल छेउमा मादक पदार्थ सेवन गरी विवाद हुँदा सोही ठाउँ बस्ने २८ वर्षीय युजिन राईले ३१ वर्षीय रोशन राईलाई दाउराले टाउकोमा प्रहार गरी घाइते बनाएका छन् ।

घाइतेको लाईफलाईन अस्पताल दमकमा उपचार भैरहेको छ । उनको टाउकोमा रगत जमेकोले थप उपचारको लागि सुबिधासम्पन्न अस्पताल लैजाने तयारी भइरहेको छ । प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरी टोलीले कुटपिट गर्ने युजिन राईलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्