झापा, फागुन २१ । झापा जिल्ला इसाईको समाजको आयोजनामा तीन दिने अगुवा सेमिनार बिर्तामोडमा सम्पन्न भएको छ ।

रेभरेण्ड एनोश गजमेरको संयोजकत्वमा फागुन १९ देखि बिर्तामोडस्थित पाथीभरा सिने प्लाजामा उक्त सेमिनार आयोजना गरिएको थियो ।

झापा इसाई समाजका अध्यक्ष पास्टर इसाहाक सेन्चुरीको सभापतित्वमा सम्पन्न सेमिनारमा प्रमुख वक्ता पास्टर डा. नरिराम लोहार रहेका थिए । सेमिनारको उद्घाटन रेभ. बिजयकुमार चाम्लिङ र शुरुको प्रार्थनाको अगुवाई रेभ. एबि छेत्रीले गरेका थिए । सेमिनारमा झापा जिल्लाभरिबाट ५४० जनाभन्दा बढी पास्टर एवं चर्चका अगुवाहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्