झापा,फागुन २४ । हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘भूठान’ ले ‘कागजको खोस्टो’ बोलको गीत सार्वजनिक गरिएको छ । पुष्पन प्रधानको स्वर, नवराज पराजुलीको शब्द र वाचन साथै रिदम कँडेलको सङ्गीत संयोजन गीतमा छ । गीतले घर फर्कन नपाएको परदेशीको व्यथा बोलेको छ ।
गीतमा हरिवंश आचार्यको जीवन्त अभिनय छ । अंग्रेजीमा ‘द वल्र्डस ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंशको अलवा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द(लामा), ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीका अलवा हलिउडका विश्वविख्यात अभिनेता ब्रस डर्नको पनि अभिनय छ ।
हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो । जसमा हलिउडका केही प्राविधिकहरूले पनि काम गरेका छन् । भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरूको देशप्रेम र आफ्नो थातथलो छोड्नु पर्दाको पीडा फिल्ममा छ । फिल्म आगामी वैशाख १२ बाट प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्