झापा,फागुन २४ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विवाह गर्न पाउने उमेर घटाउने-नघटाउने भन्नेबारेमा आयोगले अध्ययन गर्ने बताएका छन् । शनिबार काठमाडौँमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले समाजमा भइरहेको बालविवाहले पनि दुर्घटना निम्त्याइरहेको भन्दै विवाहको उमेर घटाउन सुझाव आएको बताए । तर आयोगले सात वटै प्रदेशमा अध्ययन गरेर सरकारलाई यसबारेमा सुझाव दिने प्रतिबद्धता अध्यक्ष मगरले जनाए ।
सरकारले विवाह गर्न पाउने उमेर २० वर्ष राखेको छ । महिलाको स्वास्थ्यको ख्याल गर्दै २० वर्ष पुगेपछि मात्रै विवाह गर्न पाउने संवैधानिक व्यवस्था गरिए पनि कतिपय स्थानमा अझै बालविवाह बढ्दो छ । उनले बलात्कारका घटना बढिरहेको भन्दै सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
‘‘हाम्रो समाजमा अहिले जेन्डरबेस भायोलेन्सहरू देखिएको छ । बलात्कारका घटना भइरहेका छन् । यस्ता कुराहरू नियन्त्रण हुनुप¥यो । राज्यले यसमा ध्यान दिनुप¥यो । कसरी हुन्छ नियन्त्रण गरेर अघि बढ्नुपर्ने अवस्था छ । आयोग यसमा लागिरहेको छ ।,’’ अध्यक्ष मगरले भने, ‘‘सरकारलाई आग्रह गर्ने कुरा हामीले गरिरहेका छौँ । हामीले अनुगमन टोलीले अध्ययन गरेर सुझाव दिएका छौँ । समाजमा भइरहेको बालविवाहले पनि दुर्घटना देखाइरहेको छ । विवाहको उमेर घटाउन सुझाव सङ्कलन गरेर आएको छ । उमेर घटाउन नहुने भन्ने कुरा आएको छ । सबै कुरालाई विचार गरेर राष्ट्रिय जाँचबुझ गर्नेमा हामी अघि बढेका छौँ ।’’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्