झापा, फागुन २६ । झापाको शिवसताक्षीमा आगोले पोलेर बालक घाइते भएका छन् ।

आज बिहान ७ः३० बजे शिवसताक्षी नगरपालिका वडा नम्बर ७ बस्ने गोपी राजवंशीका छोरा ७ वर्षीय आयुष राजवंशी दुई–तीन साथीहरुसंग घर छेउमा थुपारेको रुखको पातहरुमा आफैले आगो बालेका थिए । त्यसक्रममा आगोले बायाँ गालामा पोलेर आयुष घाइते भएका छन् । उनलाई उपचारको लागि आर्या न्युरो अस्पताल बिराटनगर लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्