झापा, फागुन २९ । झापा गाउँपालिका वडा नं ४ बस्ने जिया तामाङको घरमा आगलागी भएको छ ।

आगलागीबाट तामाङको टीनको छानो भएको भुइँतले घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आज राति करिव ९ बजेतिर विद्युत सर्ट भई सो आगलागी भएको आशंका गरिएको छ । तामाङले सो घर भाडामा दिएका छन् ।

आगो निभाउन भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासीले सहयोग गरेका थिए । आगलागीबाट अन्दाजी २५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी नायव निरीक्षक दिपिन राईले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्