झापा, चैत २ । घरको छतबाट पिसाब फेर्ने क्रममा लडेर सुनसरीको इनरुवामा एक वृद्धको मृत्यु भएको छ ।

आज बिहान ३ः३५ बजे इनरुवा नगरपालिका वडा नं. ७ बर्छवा बस्ने अन्दाजी ७० वर्षीय शिवनारायण चौधरी आफ्नो एकतले घरको छतबाट पिसाब फेर्ने क्रममा लडेर घाइते भएका थिए । उनलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा उपचारका क्रममा बिहान ४.३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्