झापा, चैत २ । सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार युवती घाइते भएकी छन् ।

आज बिहान १.५० बजे इटहरी– ८ स्थित कर कार्यालय अगाडिको कोशी लोकमार्गमा इटहरीबाट दुहवीतर्फ जाँदै गरेको प्र. १ ०२–०४८ प ३८७० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक दुहवी– १२ बस्ने २५ वर्षीय पुरण चौधरी र मोटरसाइकलमा पछाडी सवार उदयपुर कटारी – २ बस्ने २८ वर्षीया उमा सुनुवार घाइते भएका थिए ।

दुवै घाइतेलाई उपचारको लागि विराट नर्सिङ होम विराटनगर पठाएकोमा बिहान ५.१५ बजे मोटरसाइकल चालक चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्