झापा, चैत ३ । आगोले जलेर सोलुखुम्बुमा एक महिलाको मृत्यु भएको छ ।

हिजो बिहान १०.२० बजे सोलुखुम्बु लिखुपिके गाउँपालिका वडा नं.– ४ कुँडार बस्ने ५८ वर्षीया बिष्णुमाया बस्नेत खड्काको जलेर मृत्यु भएको हो । आफ्नै घरमा खाना पकाउने क्रममा चुलोको आगो शरीरमा सल्किएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता हिजो बिहान ११.३० बजे इलाम माङसेबुङ –५ मिकतोला बस्ने पूर्णबहादुर इदिङवेको टिनको छानो, काठको बेरा भएको १२ कोठे दुई तले घरमा आगलागी भएको छ । प्रहरी चौकी बाँझोबाट खटिएको प्रहरी र स्थानीयबासीको सहयोगमा दिउँसो १.२० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीको कारण खुलिसकेको छैन भने क्षतिको विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै आज विहान ३.३० बजे मोरङ सुनवर्षी नगरपालिका –३ अमरदह पिपल चौकस्थित चिउरा मिलमा बिद्युत लाईन सर्ट भई आगलागी भएको छ । उक्त आगलागीबाट १५ लाख १० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।सशस्त्र प्रहरी बल नेपाल र इलाका प्रहरी कार्यालय रंगेलीको संयुक्त टोली,बेलबारी ,रंगेली ,रतुवामाई ,उर्लाबारीलगायत ६ वटा दमकल र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्