झापा, चैत ४ । संखुवासभामा हजुरआमाले नातिमाथि खुकुरी प्रहार गरेकी छन् ।

हिजो साँझ ७ बजे संखुवासभा सभापोखरी– २ वालङ्गा बस्ने अन्दाजी १८ वर्षीय श्याम तामाङलाई आफ्नै कान्छी हजुरआमा अन्दाजी ५६ वर्षीया सुमित्रा लिम्बूले मादक पदार्थ सेवन गरी खुकुरी प्रहार गरेकी हुन् । श्याम आफ्नै काका टंकबहादुर तामाङको घरमा बस्दै आएका छन् । श्यामको बाँया खुट्टाको घुँडामा गहिरो चोट लागेको छ ।
घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएको छ भने खुकुरी प्रहार गर्ने सुमित्रालाई खुकुरीसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।