गौरीगञ्ज , चैत ४ । भोलि हुन गइरहेको स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू ) निर्वाचनमा गौरीगञ्ज बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियूको संयुक्त गठबन्धनको संभावना देखिएको छ ।

गौरीगञ्ज बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा लामो समयदेखि एक्लाएक्लै निर्वाचन लड्दै आएका नेविसंघ र अनेरास्ववियूले यस पटक संयुक्त गठबन्धन बनाएका छन् । संयुक्त गठबन्धनबाट रोशन यादवले सभापति पदमा उम्मेदवारी दिएका छन् । नेविसंघ र अनेरास्ववियूको सक्रियताले गौरीगञ्ज क्याम्पसका विद्यार्थीहरुमा ऊर्जा पैदा भएको छ ।

संयुक्त गठबन्धनका सभापतिका उम्मेदवार यादव सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । उनी खजुरगाछी गौरीगञ्ज युवा समाजसेवी संघका अध्यक्ष हुन् । झापा उद्योग वाणिज्य संघ गौरीगञ्जको कार्यालय सचिव भएर लामो समय अनुभव हासिल गरेका यादवलाई एउटा सवल, सक्षम , तार्किक र क्षमतावान उम्मेदवारको रुपमा विद्यार्थीहरुले लिएका छन् ।

निर्वाचनमा नेकपा माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको प्यानल र स्वतन्त्र विद्यार्थीहरुको प्यानल पनि जितको दाबीसहित होमिएका छन् ।लालदेव यादव नेतृत्वको स्वतन्त्र प्यानल चुनावी प्रतिस्पर्धामा छ भने अखिल क्रान्तिकारीको प्यानलका तर्फबाट मोहिनी राजवंशी अध्यक्षको उम्मेद्वार बनेकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्