झापा, चैत ४ । फलामको पाइपले हानेर एक युवकलाई गंभीर घाइते बनाउने झापा कन्काई –७ मन्सापुरका दुईजना पक्राउ परेका छन् ।

गएराति अन्दाजी १०ः३० बजे कन्काई ७ मन्सापुर बस्ने २० वर्षीय दिपक राई र सोही ठाउँ बस्ने २२ वर्षीय सुजन राजवंशीले वडा न.६ बस्ने अन्दाजी १८ वर्षीय आयुष भुजेललाई फलामको पाइपले टाउकोमा प्रहार गरी गंभीर घाइते बनाएका हुन् । घाइतेको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट दुर्गापुरबाट प्रहरी टोली खटिएर कुटपिट गर्ने राई र राजवंशीलाई फलामको पाइपसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।