झापा, चैत ५ । जंगली हातीको आक्रमणबाट इलामका एक व्यक्ति घाइते भएका छन् ।

आज बिहान ८ः४५ बजे इलामको रोङ गाउँपालिका– ५ एक्लेटार बस्ने ४२ वर्षीय खिरबहादुर राई त्यहीको कमेरे खोलामा राँगा चराउने क्रममा जंगलबाट एक्कासि जंगली हात्ती निस्केर आक्रमण गरेको थियो । घाँटीमा चोट लागेर गंभीर घाइते भएका राईलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्