झापा, चैत ५ । झापाको कन्काई नगरपालिका वडा नं ६ मन्सापुरमा आगलागी हुँदा करिव डेढ लाख बराबरको क्षति भएको छ ।

आज दिउँसो ३ः५० बजे कन्काई ६ मन्सापुर बस्ने डम्बरबहादुर बास्तोलाको काठ, बाँस र टिनको छानो भएको गाईगोठमा गाईको खोले पकाउने क्रममा अचानक आगो सल्किएको थियो ।

आगलागीबाट गोठ र नजिकै रहेको भान्सा घर , गोठमा रहेको काठ,मकै, आलु,एउटा बाख्राको पाठा र पराल पूर्णरुपमा जलेर नष्ट भएको हो । गोठमा रहेको एउटा खसी घाइते भएको छ ।

आगो नेपाल प्रहरी, बिर्तामोड नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्