झापा, चैत ८ । झापाको अर्जुनधारा –३ खुदुनावारी बजारस्थित भित्री सडकखण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।

आज साँझ ५ः३० बजे इलामबाट झापातर्फ आउँदै गरेको बा.२–०१८ प९०५२ न. को. मोटरसाइकललाई बिपरित दिशातर्फ जाँदै गरेको को १ ख ७२०४ न. को बसले ठक्कर दिँदा मोटरसाइकल चालक पाँचथर फिदिम –१ बस्ने ४१ वर्षीय केशव नेम्वाङ र मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने १८ वर्षीय सेसेहाङ नेम्वाङ घाइते भएका हुन् ।
दुवै घाइतेको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । अस्थाई प्रहरी चौकी खुदुनावारीले मोटरसाइकल, बस र बस चालक इलाम माई –३ बस्ने ३२ वर्षीय रुद्र श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।