झापा , चैत ९ । सुँगुरको पाठा खरिद बिक्रीका विषयमा इलाममा विवाद हुँदा एक महिला घाइते भएकी छन् ।

हिजो दिउँसो ४ बजे इलाम –१ साखेजुङ बस्ने ५५ वर्षीया लालमाया राई र सोही ठाउँ बस्ने ४५ वर्षीया बुद्धकुमारी राई लिम्बूबीच पुवाखोला बजारमा सुँगुरको पाठा खरिद बिक्री गर्ने कुरामा विवाद भएको थियो ।

त्यसक्रममा लालमायालाई बुद्धकुमारीले कुटपिट गरेकी थिइन् । टाउकोमा चोट लागेर घाइते लालमायालाई जिल्ला अस्पताल इलाममा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्