झापा, चैत १०। नेपाली कांग्रेसनिकट नेपाल थारु संघ झापाको पहिलो अधिवेशनले पुष्पलाल चौधरीको अध्यक्षतामा समिति गठन गरेको छ ।

अधिवेशनले जिल्ला समितिको उपाध्यक्षमा लवकुमार चौधरी , सचिव हरिकुमार चौधरी, सहसचिवमा शेषलाल चौधरी र कोषाध्यक्षमा भगवान चौधरीलाई चयन गरेको छ । १३ सदस्यीय समितिको सदस्यहरुमा महादेव चौधरी , विष्णुकुमार चौधरी , मोतिलाल चौधरी , विष्णुकुमारी चौधरी , श्यामलाल चौधरी , मैनाकुमारी चौधरी, सुशिला चौधरी र राधा चौधरी रहेका छन् । त्यस्तै तेजनारायण चौधरी र राजनारायण चौधरी रहेको दुई सदस्यीय सल्लाहकार समितिसमेत गठन भएको छ ।
पुष्पलाल चौधरीको अध्यक्षता र नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि( सुनसरी) तथा नेपाल थारु संघकी केन्द्रीय सदस्य सुशिला चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ झापा क्षेत्र नं २ का अध्यक्ष लवकुमार चौधरीले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि चौधरी , विशिष्ट अतिथि नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङ, थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य तेजनारायण चौधरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन हरिकुमार चौधरीले गरेका थिए ।