झापा, चैत १० । आठ दिनअघि मोटरसाइकल दुर्घटनामा घाइते भएका झापा बाह्रदशी गाउँपालिका ६ का ३५ वर्षीय विकास भट्टराईको मृत्यु भएको छ ।

बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचारका क्रममा गएराति ८ बजे उनको मृत्यु भएको हो । गत चैत १ गते राति १२.४५ बजे बाह्रदशी ६ नारायण चोकस्थित भित्री पक्की सडकखण्डमा चारपानेबाट बिहीबारेतर्फ जाँदै गरेको मे ३ प ६२२६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भट्टराई घाइते भएका थिए ।

उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।मोटरसाइकल इलाका प्रहरी कार्यालय घैलाडुब्बाको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्