झापा, चैत ११ । इलाम नगरपालिका ७ स्थित माउण्ट मेची बोर्डिङ स्कुलको होस्टेलमा विवाद भएको छ ।

गएराति ८ बजे माउण्ट मेची बोर्डिङ स्कुलको होस्टेलमा बसेर कक्षा ९ मा अध्ययनरत इलाम ९ गोलाखर्क बस्ने १७ वर्षीय सन्दिप बस्नेतलाई सोही होस्टेलमा बसेर एसइई दिइरहेका सन्दकपुर ३ मुढे बस्ने १७ वर्षीय सुगम राईले सामान्य विवाद हुँदा मुक्का प्रहार गरेका थिए ।

नाकमा चोट लागेर घाइते भएका सन्दिपलाई जिल्ला अस्पताल इलाममा सामान्य उपचारपश्चात् थप उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड ल्याइएको छ । कुटपिटमा संलग्न सुगमको एसइई परीक्षा चलिरहेकाले परीक्षापश्चात् उपस्थित गराउनेगरी सोही विद्यालयका शिक्षक होमबहादुर राईको जिम्मा बुझाइ पठाइएको इलाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्