झापा, चैत ११ । धारिलो हतियार देखाई बाबुछोरीमाथि हमला गर्ने इलाम माइजोगमाई वडा नं.३ बस्ने ३६ वर्षीय दिलबहादुर रामदाम पक्राउ परेका छन् ।

आज बिहान ८ बजे माइजोगमाई वडा नं.३ माङचौकमा खड्गबहादुर रामदामको घर अगाडीको बाटोमा दिलबहादुर रामदामले आशिष राईकी श्रीमती माईजोगमाई १ लप्सीबोटे बस्ने २५ वर्षीया संगिता राई र उनका बुवा ६५ वर्षीय पदमबहादुर खड्कालाई हतियार देखाई कुटपिट गरेका हुन् । बाटोमा हिडिरहेको बेला दिलबहादुरले अचानक हातमा छुरी देखाई अश्लिल शब्दहरु प्रयोग गर्दै लछार पछार गरेको बताइएको छ ।

संगिता विगत १५ दिनदेखि माइतमा बस्दै आएकी छन् । कुटपिटबाट दुबै बाबुछोरी सामान्य घाइते भएका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरमा लिखित जाहेरी दिएपछि कुटपिट गर्ने दिलबहादुर रामदामलाई नियन्त्रणमा लिइएको इलाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्