झापा, चैत ११ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले मेचीनगर–२ गाडागल्लीस्थित श्रीकृष्ण आधारभूत विद्यालयका १५९ जना विद्यार्थीहरुलाई शैक्षिक वृत्तिविकासको लागि शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।


बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेलले विद्यालयका प्रधानाध्यापक राजनकुमार गिरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई मञ्जील देवानलाई एक कार्यक्रमका बीच उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लेखराज कार्की तथा मार्केटिङ अफिसर गजेन्द्र ढकाल साथै काँकरभिट्टा शाखाका शाखा प्रबन्धक उमेशकुमार घिमिरेलगायत बैंकका कर्मचारी तथा विद्यालय समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरुको उपस्थिति रहेको थियो ।

एक्सेल डेभलपमेन्ट बैंकले कोशी प्रदेशभरि आफ्ना ४७ वटा शाखा र ३ वटा एटिएमबाट २ लाख ४० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ८जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको एक्सेल डेभलपमेन्ट बैंकले थप शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको प्रदेशभरि सेवा प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्