झापा, चैत ११ । सशस्त्र प्रहरीले नक्कली नेपाली नम्बर प्लेट भएको भारतीय स्कोरपिओसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

आज साँझ ६ बजे मेचीनगर नगरपालिका ६ काँकारभिट्टास्थित बसपार्क इलाकामा सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेक्वा झापा मातहत (प्रस्तावित) सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको मोवाईल टोलीले बा ८ च १३३८ नम्बरको नेपाली नम्बर प्लेटजडित भारतीय स्कोरपिओ नियन्त्रणमा लिएको हो ।
उक्त स्कोरपिओ गाडीसहित चालक मोरङ पथरी शनिश्चरे ८ बस्ने वर्ष ४१ का ईश्वरी भण्डारी र उक्त गाडीमा सवार भारत नक्सालवारी पञ्चायत बस्ने वर्ष ३५ का निताई घोसलाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालयमा बुझाउने प्रकृयामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।