झापा , चैत १२ । सुनसरीमा एसइई परीक्षा दिइरहेकी एकजना नक्कली परीक्षार्थी आज पक्राउ परेकी छन् ।

सुनसरी बर्जु गाउँपालिका वडा नं. ५ अमाही बेल्हामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परीक्षा केन्द्रमा जनकल्याण माध्यमिक विद्यालयका १८ वर्षीय सन्देश चौधरीको नाममा परीक्षा केन्द्रमा कार्यालय सहयोगीको रुपमा नियुक्त बर्जु गाउँपालिका ५ बस्ने १९ वर्षीया पुष्पाकुमारी पण्डितले परीक्षा दिँदै गरेकी थिइन् । शिक्षा विकास तथा समन्वय इकाई सुनसरीबाट अनुगमनमा खटिएका इकाई प्रमुख खगेन्द्र सुबेदीको टोलीले फेला पारी पुष्पाकुमारीलाई नियन्त्रणमा लिएको हो ।

उता धनकुटा महालक्ष्मी नगरपालिका वडा नम्बर ७ जितपुरमा रहेको जनता माबि परीक्षा केन्द्रमा परीक्षा दिँदै गर्दा राम माबि रामबजार विद्यालयकी छात्रा अन्दाजी १५ वर्षीया शान्ती राई विरामी भएकी छन् । एक्कासि प्रेसर लो भई बिरामी भएपछि उनलाई उपचारको लागि जितपुर स्वास्थ्य चौकी जितपुरमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्